ह्ास्यश्रृँखला तितोसत्य बाट चर्चामा आएका हास्यकलाकार गोपाल ढकाल ुछन्देु यतिबेला एनटिभी टु बाट आइतबार बेलुका ९ बजे प्रसारण हुने राजश्री फिल्मी चक्करमा ब्यस्त छन् । उक्त कार्यक्रम राजश्री फिल्मी चक्करको पुनः प्रसारण सोमबार बिहान १० बजे र मँगलबार दिउँसो १ बजे हुन्छ । २०६६ सालको दशैँको अवसर पारेर प्रसारण प्रारम्भ गरेको राजश्री फिल्मी चक्करभित्र हास्यब्यङ्ग्यात्मक प्रस्तुति सहित नेपाली चलचित्र क्षेत्रका सम्पुर्ण गतिविधि मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरीन्छ । राजश्री फिल्मी चक्करको भोली आइतबार राति एनटिभी टु बाट प्रसारण हुने श्रृँखला २१ औँ श्रृँखला हुनेछ । राजश्री फिल्मी चक्करको पोष्ट प्रोडक्सन राजश्री फिल्मस् प्रोडक्सन डिल्लीबजारले गरेको छ भने यसमा लेखननिर्देशन तथा प्रस्तुति योपाल ढकाल ुछन्देुको रहेको छ । नृत्य निर्देशक राजु शाहको परिकल्पनामा निर्माण भएको उक्त कार्यक्रममा सन्देश कोइराला क्यामराम्यानका रुपमा रहेका छन् भने कार्यक्रमले आफ्नो प्रसारणको २५ औँ श्रृँखलामा एक विशेष कार्यक्रम आयोजना गर्दैछ ।
हास्यकलाकार गोपाल ढकाल ुछन्देु एनटिभी टु बाट प्रसारण हुने राजश्री फिल्मी चक्करमा त ब्यस्त छन् नै साथमा राजश्री डान्स एण्ड मल्टिपल टे्रनिङ सेन्टर डिल्लीबजारमा अभिनय प्रशिक्षण पनि दिँदै छन् । त्यस्तै हास्यकलाकार गोपाल ढकाल ुछन्देु नेपाली कथानक चलचित्र ुमनपरेपछिुमा भिन्न चरित्रमा देखा पर्दैछन् ।उक्त चलचित्र छायाँकनको क्रममा छ । साथमा हास्यकलाकार गोपाल ढकाल ुछन्देु द्धारा अभिनित दानवीरजँगबाजविषयुद्धपर्खी बसेँदाइको ससुराली लगायतका चलचित्र प्रदर्शनमा आइसकेका छन् भने सपनाको नौलो सँसारपहिलो पहिलो माया लगायतका चलचित्रहरु प्रदर्शनको तयारीमा रहेका छन् ।
के तिमी पहाड चढ्न सक्छौ के तिमी सन्जिवनी बुटी ल्याउन सक्छौ के तिमी छाती चिर्न सक्छौ ……………………। त्यसैले बाबु अनुहार बुदर जस्तो हुदैमा कोही हनुमान हुँदैन ।