रेडियो अडियो : एफ.एम.व्याण्डको १०६.३ मेगाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो। रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोज ३१ गते काठमाडौ उपत्यकाबाट एफ.एम.रेडियो प्रशारणको अनुमतिको पाएको हो। रेडियो अडियोले वि.स. २०६४ भदौं १२ गते गाईजात्राको दिनबाट परीक्षण प्रशाारण शुरु गर्यो। लोकप्रिय अभिनेता तथा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले वि.स. २०६४ मंसिर २१ गते बिशेष कार्यक्रम माझ रेडियो अडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भयो। परीक्षण प्रशारण देखि नै रेडियो अडियोले दैनिक १८ घण्टा (बिहान ५ बजे देखि राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ। एक कान दुई कान मैदान यसमै छ मज्जा भन्ने नारा सहित निरन्तर हँसाइराख्ने, निरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाँडिरहने रेडियो अडियोको प्रशारण स्टेशन काठमाडौ अति नै व्यस्त व्यवसायीक केन्द्र नयाँ बानेश्वर ओमकार बिल्डिगमा छ।
के तिमी पहाड चढ्न सक्छौ के तिमी सन्जिवनी बुटी ल्याउन सक्छौ के तिमी छाती चिर्न सक्छौ ……………………। त्यसैले बाबु अनुहार बुदर जस्तो हुदैमा कोही हनुमान हुँदैन ।