हास्य व्यंग रेडियो कार्यक्रम मार्फत् स्वस्थ र समुन्नत समाजको निमार्ण हाम्रो मुख्य लक्ष्य हो। हामी हास्य प्रधान रेडियो कार्यक्रमको मात्र उत्पादन तथा प्रशारण गर्छौं। हास्य प्रधान रेडियो कार्यक्रम मार्फत् मनोरञ्जन,सकारात्मक सोचको बिकासका साथमा सहि सुचना र जानकारी प्रशारण गर्नु हाम्रो प्रमुख उदेश्य हो। हामी नेपाली हास्य व्यंग क्षेत्रको बिकास र प्रबर्द्धनका लागि संमन्वयकारी भुमिकामा सधैं अघि हुन्छौं।
कार्यक्रम र स्रोता
मान्छेले जन्मेदखि नमरुन्जेल खोजी गर्ने विषय भनेको हाँसो हो। खुशी हो । तर त्यो ज्यादै दुर्लभ छ। यही दुर्लभ र कठिनतालाई चिर्दै सबै बर्ग, समुदायको आवाजलाई समेट्ने रेडियो कार्यक्रम रेडियो अडियोले उत्पादन र प्रशारण गर्दै आएको छ। त्यसैले पनि काठमाडौं उपत्यका र आसपासका स्रोता माझ रेडियो अडियो पहिलो रोजाईको रेडियो स्टेशन हो। व्यवसायीक बिज्ञापनको बजारमा पनि रेडियो अडियो पहिलो रोजाईको रेडियो स्टेशन हुँदै आएको छ। हाम्रा केहि कार्यक्रम स्थानिय रेडियो स्टेशनको सहकार्यमा देशै भरि प्रशारण हुादै आएका छन्। निरन्तर हंसाइराख्ने, निरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाँडिरहने हामी भिडमा भिन्न छौं। एक कान दुई कान मैदान यस्मै छ मज्जा हाम्रो नारा बोकेको रेडियो अडियोले दैनिक १८ घण्टा (बिहान ५ बजे देखि राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ। नेपालको हास्य व्यगंको क्षेत्रमा ख्याति कमाएका साहित्यकार र कलाकारको आवाज रेडियो अडियोमा मात्रै सुन्न सकिन्छ। अनुभवि कार्यक्रम प्रस्तोता र सिर्जनशिल युवा टिम सधैं हसिलो र रसिलो कार्यक्रम उत्पादनमा व्यस्त हुन्छ।